Integrity, Ethics and Professionalism.

Personal Diary of New York Based Journalist.

अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिए चार प्रश्न

अमेरिकी नागरिकताको अन्तरवार्तामा चारवटा प्रश्न र तिनका उत्तरहरु बदलिएको युएससीआईएसले जनाएको छ । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने ४ प्रश्नका जवाफहरु बदलिएका हुन् । अमेरिकी नागरिकता अन्तरवार्तामा सोध्न सकिने तपाईको राज्यको एकजना सिनेटरको नाम भन्नुहोस् ? भन्ने प्रश्नको जवाफ बदलिएको हुनसक्छ । न्युयोर्कका हालका सिनेटरहरु चक शुमर र क्रिस्टेन गिलिब्राण्ड रहेका […]

Read more

ह्वाइटहाउसभित्र एकघण्टा (फोटो फिचर)

ह्वाइटहाउस बाहिर पटकपटक पुगेर तस्वीर खिचिदै आएपनि गत सेप्टेम्बरमा हामीले ह्वाइटहाउसभित्र एकघण्टा समय विताएका थियौं । ह्वाइटहाउसभित्र एकघण्टा समय विताउने क्रममा हामीले त्यहाँ ब्लुरुम, रेडरुम लगायतका स्थानको अवलोकन गर्न पाएका थियौं भने ह्वाइटहाउसभित्रको सौन्दर्य देख्न पाएका थियौं । त्यतीबेला खिचिएका केही तस्वीहरु ।

Read more

अमेरिकामा ‘डिसवासरमा डिस्क्वालिफाइड’ भएपछि पत्रकारिताबाहेक अरु सोंचिन

किशोर पन्थी सन् २०१० को अप्रिलको पहिलो साता । अमेरिकाको न्युयोर्कमा रहेको जोन अफ केनेडी विमानस्थलमा उत्रिएपछि अध्यागमन चेकजाँचका क्रममा अध्यागमन अधिकारीले सोधे – ‘किन आएको अमेरिका ?’ ‘पत्रकारिता गर्न ।’ सँगै आएका मित्र सूर्य थापा र मैले एकैसाथ जवाफ दिएका थियौं । ‘के को बारेमा पत्रकारिता गर्ने?’ अर्को प्रश्न गरे अध्यागमन अधिकारीले । ‘नेपालीका […]

Read more

यस्ता छन् युएससीआईएस कार्यालयमा आज स्थगित अन्तरवार्ताका नयाँ मिति

अमेरिकी सरकारले आज पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउने क्रममा सबै संघीय कार्यालयहरु बन्द गरेपछि त्यसबाट नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । युएससीआईएसका कार्यालयहरु, एसाइलम अदालत लगायत बन्द भएकाले आजका लागि तय भएका अध्यागमन सम्बन्धित सबै अन्तरवार्ता र सुनुवाईहरु अर्को मितिमा सारिने भएको छ । युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले खसोखाससँग कुराकानी […]

Read more

तपाईलाई थाहा छ ? अमेरिका बसेरै डिभीमार्फत ग्रिनकार्ड पाउने नेपाली ठूलो संख्यामा

के तपाईलाई थाहा छ ? ग्रिनकार्ड नभएका अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरी पारेर बर्षेनी ठूलो संख्यामा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष २०१८ मा मात्र ४९ जना नेपालीहरुले अमेरिकामा नै बसेर डिभी लोटरीमार्फत ग्रिनकार्ड प्राप्त गरेका छन् । त्यस्तै सन् २०१७ मा २६ जना नेपालीहरुले अमेरिकामा नै बसीबसी डिभी लोटरी पारेर त्यसबाट […]

Read more

टेक्सासमा बन्दुकधारीको गोली लागेर घाइते बिनोदको उपचारमा यसरी सहयोग गरौं

अमेरिकाको टेक्सासमा बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेपछि घाइते युवाको उपचारका लागि आर्थिक संकलन अभियान संचालन गरिएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते बिनोदको उपचारका लागि आर्थिक संकलन गर्न गोफण्डमीमा २० हजार डलरको लक्ष्यसहित अभियान संचालन गरिएको छ । […]

Read more

भोलि युएससीआईएसका सबै कार्यालय बन्द, अप्वाइन्टमेन्ट र अन्तरवार्ता हप्तौं पछि सारिने

अमेरिकी सरकारले भोलि बुधवार राष्ट्रीय शोक दिवसको घोषणा गरेको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ५ लाई शोक दिवसको घोषणा गरेका हुन् । अमेरिकाका ४१ औं राष्ट्रपतिको मृत्युमा शोक मनाउन भोलि अमेरिकाका सबै सरकारी कार्यालयहरू बन्द हुनेछन्। भोलि युएससीआईएसका सबै कार्यालयहरू बन्द हुनेछन् भने अध्यागमन सम्बन्धित […]

Read more

अमेरिकामा नेपाली युवामाथि काम गर्ने स्थानमा गोली प्रहार, गम्भीर घाइते

अमेरिकाको टेक्सासमा काम गर्ने स्थानमा एकजना बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते जेठाराको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीका जेठारा टेक्सासको ब्रायनमा रहेको उक्त ग्यास स्टेशनमा विगत एकबर्षदेखि काम गर्दै आएका थिए […]

Read more

१२ बर्षपछि थवाङमा (२१ एक्सक्लुसिभ फोटोसहित)

– किशोर पन्थी रोल्पाको थवाङ । झन्डै १५ वर्षअघि पहिलोपटक पुग्दा जनयुद्ध चलिरहेको थियो, त्यो पनि चरम दमन र प्रतिरोधको बीचबाट । मुलुकमा संकटकाल लगाएर सेना परिचालन गरिएको थियो । त्यतिवेला थवाङको ठूलोगाउँ पुग्दा सेनाबाट जलाइएका घरको खरानी र जनमुक्ति सेनाका बारुदको गन्ध आउँथ्यो । घरका कौसीहरूमा जनमुक्ति सेना बन्दुकका नाल सफा गरिरहेका भेटिन्थे । […]

Read more

कम्पनबारे कस्ले के भने ? (समीक्षा संकलन)

यो पुस्तकमा उल्लेखित मानवीय सहायताको विवरणले एकअर्कालाई सहयोगको प्रवृत्तिलाई प्रोत्साहित गर्छ भने पीडा भोग्दा भोग्दै आशा जगाउने काम पनि गरेको छ । यो पुस्तकले जनता र सरकारलाई सधै राम्रो र परिणामुखीकाममा लाग्न प्रेरित गरेको छ ।   – माधवकुमार नेपाल, नेपालका पूर्व प्रधानमन्त्री (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।) ++++++++++++++++  पुस्तकमा […]

Read more