कम्पनबारे कस्ले के भने ? (समीक्षा संकलन)

यो पुस्तकमा उल्लेखित मानवीय सहायताको विवरणले एकअर्कालाई सहयोगको प्रवृत्तिलाई प्रोत्साहित गर्छ भने पीडा भोग्दा भोग्दै आशा जगाउने काम पनि गरेको छ । यो पुस्तकले जनता र सरकारलाई सधै राम्रो र परिणामुखीकाममा लाग्न प्रेरित गरेको छ ।

 

– माधवकुमार नेपाल, नेपालका पूर्व प्रधानमन्त्री (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।)

++++++++++++++++ 

पुस्तकमा तपाई हामी सबैले भोगेको त्रासपूर्ण घटनाको सजिव विवरण समेटिएको छ । भावि पुस्ताको निम्ति २०७२ सालको भूकम्प कति बिनाशकारी र त्रासितपूर्ण थियो, कति मानविय क्षति भएको थियो, कति हृदयविदारक घटना घटेका थिए, भन्ने जान्न र बुझ्नको लागि यो पुस्तक एउटा जिवन्त ऐतिहासिक दस्ताबेज हो ।

– डा. बाबुराम भट्टराई, नेपालका पूर्व प्रधानमन्त्री (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।)

++++++++++++++++ 

यो किताब झ्टट हेर्दा लाग्छ, कथा हो कि ? उपन्यास हो की ? वा संस्मरण हो ? कुनै कुनै किताब यस्ता हुन्छन्, त्यो केही पनि होइन, त्यो सबै थोक हो । किताबको प्रत्येक भागको प्रत्येक शीर्षक हेर्दा, सत्य घटनामा आधारित कथा जस्तो लाग्छ, र त्यो भाग भागको शिर्षकलाई जोड्दै जानुहुन्छ भने एउटा उपन्यास जस्तो लाग्छ । यदि तपाई एउटा शिर्षकभित्र पल्टाएर हेनुहुन्छ भने एउटा व्यक्तिको आत्म कहानी , आत्म संस्मरण जस्तो लाग्छ । यसलाई हामीले साहित्यको अनौठो विधाको रुपमा यसलाई लिनसक्छौँ ।

– प्रा . डा. खगेन्द्र लुईटेल, बरिष्ठ समालोचक (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।)

++++++++++++++++ 

नेपालमा गएको महाभूकम्पपछि कैयन पुस्तक लेखिए, चलचित्रहरु बने । तर यो पुस्तकमा विल्कुलै नयाँ र फरक छ । लेखकले पुस्तकमा भूकम्पमा बाँचेकाहरु, उद्दारमा खटेकाहरु र अन्य सरोकारवालाका फस्ट ह्याण्ड अनुभवहरु संकलन गरेका छन् । लेखकले पुस्तकमा बिपत्तिको बेलामा मानवीय सहयोग र परोपकारी भावनालाई प्राथमिकता दिएका छन् । महाभूकम्पमा धर्ती फाट्यो तर बिपत्तिले लाखौंका मन जोड्न सफल भयो । आत्मवल, मानवीय सहयोग र समन्वयले कुनै पनि बिपत्तिको सामना गर्न सकिन्छ भन्ने सन्देशले पुस्तकले दिएको छ ।

– योगेश पोखरेल, पत्रकार, (जुन २०१८ मा द राईजिङ नेपालमा प्रकाशित)

++++++++++++++++ 

भूकम्प जतिखेर जहाँ पनि जान सक्छ । यो त अचानक आइपर्ने विपत्ति हो । एकअर्कालाई सहयोग गरेर, आपसी आत्मबल उच्च गरेर नै भूकम्पीय क्षति न्यूनीकरण गर्न सकिन्छ, भन्ने महत्वपूर्ण सन्देश प्रवाह गर्नसमेत यो पुस्तक सहयोगी बनेको छ । यो पुस्तक नेपालको भूकम्पीय इतिहासको एक महत्वपूर्ण दस्तावेज हो ।

– यम चौलागाई, लेखक (९ जुन २०१८ मा राजधानी दैनिकमा प्रकाशित । पुन प्रकाशन सौर्य दैनिक ।)

++++++++++++++++ 

पीडा त थियो त्योभन्दा ठूलो कुरा उच्च मनोबल र आशा थियो । दुःखको वेला मनलाई सम्हालेर साहसका साथ अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा अरूलाई पनि दिन सकिन्छ भन्ने अपेक्षाका साथ जन्मियो यो पुस्तक । मारामार झगडा गर्ने, वर्षौंदेखि पानी बाराबारको अवस्थामा रहेकाहरू पनि विपतको समयमा एक–अर्कालाई सहयोग गरेका थिए । जुन रियालिस्टिक जनरामा बनेको फिल्मजस्तै लाग्यो लेखकलाई । र, किताबमा उद्धृत गरे ।

– विश्वास खड्काथोकी, पत्रकार (अप्रिल ३०, २०१८ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित)

++++++++++++++++ 

कम्पन हाम्रो पुस्ताको विर्सनै नसकिने संवेदनशिल पुस्तक हो । यो मानवीय संवेदनाको विश्वकोष नै हो । नेपालको महाभूकम्पका पीडितहरुका पीडा र दुखका नभनिएका कथाहरुले पाठकमा अमिट छाप छोड्न सफल भएको छ । यसको अतिरिक्त पुस्तकले सबै जीवित प्राणीहरुमा एकअर्कालाई गर्नुपर्ने सहायताको महत्व दर्शाएको छ ।

– राजन थपलिया, लेखक ( अप्रिल २८ २०१८ मा न्युयोर्क सिटी पोष्टमा प्रकाशित । )

++++++++++++++++ 

पुस्तकले भूईचालोलाई सम्झाएको पनि छैन, बिर्साएको पनि छैन । बरु महाभूकम्पको बेलामा नेपालले देशले भोगेको दुर्दशा र सत्यलाई उद्घाटित गराएको छ । जगाउन खोजेको छ ।

– किशोर नेपाल, बरिष्ठ पत्रकार (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।)

++++++++++++++++ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *