टेक्सासमा बन्दुकधारीको गोली लागेर घाइते बिनोदको उपचारमा यसरी सहयोग गरौं

अमेरिकाको टेक्सासमा बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेपछि घाइते युवाको उपचारका लागि आर्थिक संकलन अभियान संचालन गरिएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते बिनोदको उपचारका लागि आर्थिक संकलन गर्न गोफण्डमीमा २० हजार डलरको लक्ष्यसहित अभियान संचालन गरिएको छ ।

तपाई पनि विनोदको उपचारमा सघाउन यो लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ ।

घाइते जेठाराको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीका जेठारा टेक्सासको ब्रायनमा रहेको उक्त ग्यास स्टेशनमा विगत एकबर्षदेखि काम गर्दै आएका थिए । सोमबार स्टोर खोल्न गएको बखत अश्वेत बन्दुकधारीले उनीमाथि गोली हानेको थियो ।

गोली हान्नुको कारण अहिलेसम्म खुलेको छैन । छातीमा गोलीका लागेका जेठाराको स्थानीय सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । जेठाराकी श्रीमति र छोरी अमेरिका आउने प्रकृयामा रहेका छन् ।

अमेरिकाका विभिन्न स्टोर र ग्यास स्टेशनमा नेपालीहरु बन्दुकधारीहरुको शिकार बन्दै आएका छन् । ग्यास स्टेशनमा नेपालीहरुले ज्यान गुमाउने गरेको तथ्यांक समेत डरलाग्दो रहेको छ ।

एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् ।

अहिलेसम्मको स्थिति हेर्दा प्रायः घटनाहरु रातमा भएका छन् । ती घटना लुटेराहरूबाटै गराइएका छन् । यी दुबै तथ्यको विश्लेषण गर्दा राति काम गर्नुपर्ने बाध्यताका साथै राति सुरक्षाको यथेष्ट ब्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *