Category: नेपाली

सधैका लागि छुटे थवाङ यात्रामा भेटिएका फर्कबहादुर

एकबर्ष हुन लागेछ । तर हिजो जस्तो लाग्छ त्यो थवाङसम्मको हाम्रो यात्रा । साथमा थिए, विश्वदीप पाण्डे, गंगा श्रेष्ठ, मनोज ढोडारी, प्रह्लाद पोखरेल र नारायण पाण्डे । रोल्पाको छेर्लावाङबाट उकालो लागेपछि झमक्कै साँझ परेको थियो । अलिक माथि पुग्दा बाटो हराएपछि मोबाइलको लाइटमा हातपाउ टेकेर बल्लतल्ल पुगियो माथि डाँडामा । मोबाइलमा ५ प्रतिशतजति ब्याट्री थियो । […]

Read more

नेपालदेखि अमेरिकासम्म कलम र आवाजको प्रभावशाली कम्पन फैलाउँदै पत्रकार किशोर पन्थी

– किशन रेग्मी / सुष्मा देवकोटा (यो सामाग्री युएसखबरमा प्रकाशित भएको हो । त्यसका लागि युएसखबरलाई धन्यवाद दिदै ब्लगमा पनि प्रकाशित गरेका छौं ।) नेपालको गुल्मी जिल्लामा जन्मेका किशोर पन्थी अमेरिकी विदेश मन्त्रालयबाट मान्यताप्राप्त पहिलो नेपाली पत्रकार हुन् । किशोर पन्थीको पत्रकारिता र लेखन यात्रा उनको नाम जस्तै किशोरावस्थाबाटै सुरु भएकाले रेडियो, प्रिन्ट, टेलिभिजन अनलाईन […]

Read more

‘कम्पन’ बारे नेपाली मिडियामा कभरेज

पुस्तक कम्पनबारे नेपालका विभिन्न संचारमाध्यमहरुले उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गरे । जसप्रति हामी आभारी छौं । हामीले कम्पनबारे नेपाली भाषामा प्रकाशित समाचारका लिंकहरु यो पृष्ठमा शेयर गर्दै जानेछौं ।   किशोरको भूकम्प गाथा      ‘कम्पन’ विमोचन भूकम्पको कम्पन   महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक ‘कम्पन’ पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ विमोचन (तस्बिरसहित) महाभूकम्पबारे पत्रकार […]

Read more

हिस्ट्रीमेकर ह्यारी : नेपालको सरकारी स्कुलमा पढेका भण्डारी यसरी बने अमेरिकी राज्य सांसद

– किशोर पन्थी / अरुणा रायमाझी ‘पहाडबाट निस्केको पानीले,कहिल्यै सोधैन, समुन्द्र कहाँ पर्छ भनेर, उसले आफ्नो बाटो आफै बनाउँदै समुन्द्र भेट्न जान्छ ।’ झण्डै एकघण्टा लामो कुराकानीको क्रममा ह्यारीले निकै दार्शनिक पारामा भने । वास्तवमा यो कुरा अमेरिकाको मेरिल्याण्ड राज्यसंसदमा चुनाव जित्ने नेपाली अमेरिकन ह्यारी भण्डारीको जिवनमा मेल खान्छ । जसले अमेरिकामा यो स्तरको चुनाव […]

Read more

ह्वाइटहाउसभित्र एकघण्टा (फोटो फिचर)

ह्वाइटहाउस बाहिर पटकपटक पुगेर तस्वीर खिचिदै आएपनि गत सेप्टेम्बरमा हामीले ह्वाइटहाउसभित्र एकघण्टा समय विताएका थियौं । ह्वाइटहाउसभित्र एकघण्टा समय विताउने क्रममा हामीले त्यहाँ ब्लुरुम, रेडरुम लगायतका स्थानको अवलोकन गर्न पाएका थियौं भने ह्वाइटहाउसभित्रको सौन्दर्य देख्न पाएका थियौं । त्यतीबेला खिचिएका केही तस्वीहरु ।

Read more

१२ बर्षपछि थवाङमा (२१ एक्सक्लुसिभ फोटोसहित)

– किशोर पन्थी रोल्पाको थवाङ । झन्डै १५ वर्षअघि पहिलोपटक पुग्दा जनयुद्ध चलिरहेको थियो, त्यो पनि चरम दमन र प्रतिरोधको बीचबाट । मुलुकमा संकटकाल लगाएर सेना परिचालन गरिएको थियो । त्यतिवेला थवाङको ठूलोगाउँ पुग्दा सेनाबाट जलाइएका घरको खरानी र जनमुक्ति सेनाका बारुदको गन्ध आउँथ्यो । घरका कौसीहरूमा जनमुक्ति सेना बन्दुकका नाल सफा गरिरहेका भेटिन्थे । […]

Read more

कम्पनबारे कस्ले के भने ? (समीक्षा संकलन)

यो पुस्तकमा उल्लेखित मानवीय सहायताको विवरणले एकअर्कालाई सहयोगको प्रवृत्तिलाई प्रोत्साहित गर्छ भने पीडा भोग्दा भोग्दै आशा जगाउने काम पनि गरेको छ । यो पुस्तकले जनता र सरकारलाई सधै राम्रो र परिणामुखीकाममा लाग्न प्रेरित गरेको छ ।   – माधवकुमार नेपाल, नेपालका पूर्व प्रधानमन्त्री (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।) ++++++++++++++++  पुस्तकमा […]

Read more

‘कम्पन’का पात्रहरु (फोटो सहित)

पुस्तक कम्पन लेखनका क्रममा सयौंलाई भेटेपनि ६० जनालाई मुख्य पात्र बनाइएको छ । पुस्तकको नेपाली संस्करणमा पात्रका तस्वीहरु राखिएका छैनन् । त्यसैले पाठकलाई पात्रहरु कस्ता होलान् भन्ने जिज्ञासा लाग्न सक्छ । ६० जनामध्येका अधिकांश पात्रका तस्वीरहरु ।

Read more

अमेरिकामा नेपाली पत्रकारिता, भ्रम र यथार्थ

–किशोर पन्थी केहीदिन अगाडि ठ्याक्कै तीनवर्ष पुग्यो, अमेरिकाको न्युयोर्क आइसकेपछि एकजना पत्रकारसँग सम्पर्क भयो, उनी थिए विष्णु पौडेल । एभरेष्ट टाइम्सका सम्पादक । उनले भेट्न बोलाए, ज्याक्सनहाइटको पपुलर भिम्स क्याफेमा । क्याफेमा तितोतितो एलोभेराको जुस खुवाए । त्यसपछि कुराकानी सुरु भयो । उनी थाकेका थिए । पत्रकारिता गर्दा निकै मिहिनेत गर्नुपरेको हो कि भन्ने लागेर […]

Read more

छोटो युरोप भ्रमणमा ‘कम्पन’सँगै गाँसेको आत्मीयता

कम्पनको युरोप यात्रा – २ -किशोर पन्थी विमान समयमै ल्याण्ड गरेपनि पोर्चुगलको फारो विमानस्थलबाहिरसम्म पुग्दा केही ढिलो भयो । दाई (हरिकृष्ण) ले २ घण्टादेखि कुरेर बसिरहनुभएको रहेछ । लामो समयको अन्तरालपछि दाईलाई भेट्दा निकै खुशी लाग्यो । परिवारको सदस्यलाई लामो समयपछि भेट्दा उहाँको अनुहारमा देखिएको खुशी मैले सहजै पढ्न सक्थें । बिमानस्थल नजिकै केहीबेर मनोजलाई […]

Read more