भोलि युएससीआईएसका सबै कार्यालय बन्द, अप्वाइन्टमेन्ट र अन्तरवार्ता हप्तौं पछि सारिने

अमेरिकी सरकारले भोलि बुधवार राष्ट्रीय शोक दिवसको घोषणा गरेको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ५ लाई शोक दिवसको घोषणा गरेका हुन् ।

अमेरिकाका ४१ औं राष्ट्रपतिको मृत्युमा शोक मनाउन भोलि अमेरिकाका सबै सरकारी कार्यालयहरू बन्द हुनेछन्। भोलि युएससीआईएसका सबै कार्यालयहरू बन्द हुनेछन् भने अध्यागमन सम्बन्धित सबै अन्तरवार्ताहरू अर्को मितिमा सारिने भएको छ ।

भोलिका लागि तय भएका सबै नागरिकता वितरण कार्यक्रम र अप्वाईन्टमेन्ट पनि अर्को मितिमा सारिने युएससीआईएसले जनाएको छ ।

भोलिका लागि तय भएका सबै बायोमेट्रिक अप्वाईन्टमेन्ट पनि पछि सारिएको छ । नयाँ मिति सहितको सुचना ३ साताभित्र आवेदकलाई पठाउने युएससीआईएसले जनाएको छ ।

भोलिका लागि तय भएका कैयन एसायलम अन्तरवार्ता र अदालती सुनुवाईहरुको मिति पनि पछि सारिएको छ । जसबाट ठूलो संख्यामा नेपालीहरु समेत प्रभावित भएका छन् ।

भोलिका अदालती सुनुवाईका सन्दर्भमा नयाँ मिति दिने भनिएपनि नयाँ मिति कहिले तय हुने भन्ने सन्दर्भमा कुनै जानकारी नरहेको न्युयोर्कको मुनगोभन एण्ड एसोसिएट्सका कानुनी निर्देशक श्री पराजुलीले जानकारी दिनुभयो । आफ्नो कानुनी कार्यालयका तर्फबाट पनि भोलिका लागि ४ वटा इन्डिभिजुअल हेयरिंगको मिति रहेको र ती सबै सुनुवाईहरु पछि सारिएको उहाँले जानकारी दिनुभयो ।

न्युयोर्कमा भोलिका लागि युएससीआईएसको एसाइलम अफिसमा तय भएका एसाइलमका अन्तरवार्ताहरु जनबरी २९ का लागि सारिएको पनि पराजुलीले जानकारी दिनुभयो । युएससीआईएसमा तय भएका इन्फो पास अप्वाइन्टमेन्टहरु पनि भोलिपल्ट वा दुईसाताका लागि पछि सारिएको जनाइएको छ ।

इस्र्टन डिस्ट्रिक्ट कोर्ट पनि बुधबार बन्द हुनेछ भने नागरिकताका लागि भोलिको मितिमा तय भएका केसहरु डिसेम्बर १९ का लागि सारिएको जनाइएको छ । न्युयोर्क र न्युजर्सी लगायत अधिकांश एसाइलम अफिस बुधबार बन्द रहनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *