तपाईलाई थाहा छ ? अमेरिका बसेरै डिभीमार्फत ग्रिनकार्ड पाउने नेपाली ठूलो संख्यामा

के तपाईलाई थाहा छ ? ग्रिनकार्ड नभएका अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरी पारेर बर्षेनी ठूलो संख्यामा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् ।

आर्थिक बर्ष २०१८ मा मात्र ४९ जना नेपालीहरुले अमेरिकामा नै बसेर डिभी लोटरीमार्फत ग्रिनकार्ड प्राप्त गरेका छन् । त्यस्तै सन् २०१७ मा २६ जना नेपालीहरुले अमेरिकामा नै बसीबसी डिभी लोटरी पारेर त्यसबाट ग्रिनकार्ड प्राप्त गरेका छन् । सन् २०१६ मा यसरी अमेरिकामा नै बसेर डिभी लोटरीमार्फत ग्रिनकार्ड पाउने नेपालीहरु ३७ जना रहेका थिए ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटको भिसा तथ्यांक र डिभी लोटरीबाट ग्रिनकार्ड एड्जस्ट गर्नेको तथ्यांक अध्ययन गरेर खसोखासले अमेरिकामा नै बसेर डिभी लोटरी पारी ग्रिनकार्ड प्राप्त गर्नेहरुको आकडा तयार पारेको हो । खासगरी अमेरिकामा गैरआप्रवासी भिसामा रहेकाहरुले डिभी लोटरी भरेर ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । विद्यार्थी भिसामा रहेकाहरुका लागि डिभी लोटरी पारेर स्टाटस एड्जस्ट गर्न निकै सहज हुन्छ ।

गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म सन् २०२० का लागि डिभी लोटरी भरेकाहरुले आफू छानिएको वा नछानिएको विवरण सन् २०१९ को मे ७ देखि अनलाइनमा चेक गर्न सक्नेछन् । यदि उनीहरु छानिएको खण्डमा सन् २०१९ को अक्टोबर १ देखि भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *