तीजको दिन बाहिर निस्कदा यस्तो देखियो (फोटो ब्लग)

आज तीज । खासगरी काठमाडौंको पशुपतिमा महिलाहरुको भींड लाग्यो । तर त्यतातिर गइएन । घर वरपर पनि तीजको रौनक कम थिएन । जताततै तीजका गीत गुञ्जिरहेका थिए । त्यसैले म निस्कें क्यामेरा बोकेर ।

बाटोमा आवतजावत गरिरहेका गाडीको समेत परवाह नगरी रातो पहिरन र गहनामा चिटिक्क परेका महिलाहरु बाटोमै नाचिरहेका थिए ।

बाटोमा आवतजावत गरिरहेका गाडीको समेत परवाह नगरी रातो पहिरन र गहनामा चिटिक्क परेका महिलाहरु बाटोमै नाचिरहेका थिए ।

 

आज दिनभर तीजको ब्रत बस्ने महिलाहरु धेरै थिए । तर निराहारी महिलामात्र होइन सर्वआहारी महिलाहरुपनि नाचगानमा मस्त देखिन्थे ।

 

पहिले पहिले आफै गीत गाएर नाच्ने प्रचलन थियो । तर त्यो प्रचलन भने बिस्तारै हराउँदै गएको छ । महिलाहरु मोबाइलबाटै स्पीकरमा तीजका गीत घन्काएर नाच्नमा व्यस्त देखिन्थे ।

 

हातभरी चुरा र गलामा तिलहरी पोते लगाएर यसरी नाच्दा निकै सुहाएको देखिन्थ्यो ।

 

हातमा मेहेन्दी लगाएर नाचेको चाँही कस्तो देखियो कुन्नी ?

 

‘हाम्रा जमानाको कस्तो तीज, अहिलेको कस्तो ! ‘ तीजको रौनक हेरिरहेकी एक बृद्धा आफ्नो जमानाको तीजको कुरा गर्दै ।

तीजमा टाउको सुनको चन्द्रमा लगाउने प्रचलन अझै हराएको रहेनछ ।

झन् चन्द्रमासँगै फूल सिउरिएको त कस्तो सुहाएको !

तीजमा नाच्नेहरु कोहीभन्दा कोही कम थिएनन् ।

र, दिनभर तीजको ब्रत बसेपनि उनीहरु थाकेका थिएनन् ।

दिनभर नाचेर बेलुकासम्म पनि उनीहरुको जोश उत्तिकै थियो ।

तीजमा बालिकाहरु पनि उत्तिकै रमाएका थिए ।

तीजको फोटो खिचेपछि म लागें बुढानिलकण्ठ मन्दिरतिर । त्यहाँ पुग्दा पानी पर्न सुरु भइसकेको थियो । तर पूजा गर्नेहरुको भींड पनि कम थिएन ।

 

त्यहाँ पुग्नासाथ लाखे नाच सुरु भएको रहेछ । मैले लाखेलाई स्माइल प्लीज भनें । लाखेले यस्तो पोज दिए ।

 

त्यसपछि लाखेको मनपर्ने अर्को पोजचाँही यस्तो रहेछ ।

पानी परेपनि बुढानिलकण्ठ मन्दिर परिसरमा महिलाहरु छाता ओढेरै र कोही भिज्दै पूजामा व्यस्त देखिन्थे ।

पानी पर्दा एकैछिन भागदौड समेत मच्चिएको थियो ।

दिनभरको ब्रतपछि कोही महिलाहरु बेलुका ब्रतको समापन यसरी गर्दै थिए ।

कोही चाँही यसरी ।

पानी परेपनि मन्दिरको दियो भने निभेको थिएन ।

अगरबत्तिको धुपको सुगन्ध पनि फैलिरहेको थियो ।

नजिकै महिलाहरु भने कृष्ण भजनमा नाचिरहेका थिए ।

फर्कने बेलामा मन्दिर नजिकैका माला ब्यापारीले भने – ‘हाम्रो पसलको मालाको फोटो पनि खिच्नोस् न ।’  अनि मैले खिचिदिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *