Integrity, Ethics and Professionalism.

Personal Diary of New York Based Journalist.

रचियो नयाँ इतिहास, अमेरिकाको जर्सी सिटी र नेपालको ईन्द्रावतीबीच भगिनी सम्बन्ध कायम

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने ८ बुंदे समझदारीपत्रमा जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले हस्ताक्षर गरेका छन् । बिहिबार जर्सी सिटी काउन्सिल हलमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएपछि जर्सी सिटी र ईन्द्रावती गाउँपालिकाबीच औपचारिक सम्बन्ध कायम भएको हो । औपचारिक रूपमा भगिनी […]

Read more

पुस्तक कम्पनको पहिलो दिनको बिक्रीको ५० प्रतिशत कक्षा ३ की दलित बालिकाको शिक्षामा

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको पहिलो दिनको बिक्रिबाट संकलित रकमको ५० प्रतिशत रकम एक दलित बालिकाको शिक्षामा सहयोग स्वरुप प्रदान गरिएको छ । उक्त रकम किशोर पन्थीकी आमा तुल्सीदेवी पन्थीले एड्वान नेपाललाई हस्तान्तरण गर्नुभएको थियो । नेपाल दलित महिला उत्थान संघ एड्वान नेपालले चितवनमा कक्षा ३ मा अध्ययनरत ९ […]

Read more

हिस्ट्रीमेकर ह्यारी : नेपालको सरकारी स्कुलमा पढेका भण्डारी यसरी बने अमेरिकी राज्य सांसद

– किशोर पन्थी / अरुणा रायमाझी ‘पहाडबाट निस्केको पानीले,कहिल्यै सोधैन, समुन्द्र कहाँ पर्छ भनेर, उसले आफ्नो बाटो आफै बनाउँदै समुन्द्र भेट्न जान्छ ।’ झण्डै एकघण्टा लामो कुराकानीको क्रममा ह्यारीले निकै दार्शनिक पारामा भने । वास्तवमा यो कुरा अमेरिकाको मेरिल्याण्ड राज्यसंसदमा चुनाव जित्ने नेपाली अमेरिकन ह्यारी भण्डारीको जिवनमा मेल खान्छ । जसले अमेरिकामा यो स्तरको चुनाव […]

Read more

अमेरिकी राजनीतिमा इतिहास रच्न सफल भएकोमा भण्डारीलाई बधाई

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज दिउसो १२ बजे एनापोलिसमा आयोजित सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अब उनी औपचारिक रुपमा अमेरिकाको मेरिल्याण्ड राज्यको सांसद बनेका छन् । आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा […]

Read more

यस्तो छ मलेसियाका राजाले राजगद्दीसँगै त्याग्ने घोषणा गरेको दरबार

मलेशियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्। ६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्। मलेशियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाको कुनै कारण खुलाएको छैन।मुहम्मद पाँचौँले एक जना रुसीसँग विवाह गरेको भनी उनको निजी जीवनबारे हल्लाहरू फैलिरहेकाबेला […]

Read more

विद्यार्थी भिसामा अमेरिका आउन चाहने र आएकाले पढ्नैपर्ने कानुन व्यवसायीका सुझाव

कम आम्दानी हुने परिवारका विद्यार्थीहरु मास्टर्स डिग्री भन्दा तलको अध्ययनका लागि अमेरिकामा नआउन अमेरिकामा चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईले सुझाव दिनुभएको छ । अमेरिकामा छोराछोरी पढाउनका लापग बार्षिक पन्ध्र बीसलाखदेखि सत्तरी असी लाखसम्म खर्च धान्न नसक्ने परिवारले कम्तीमा अण्डरग्रयाजुएटका लागि पढ्न अमेरिका नपठाउन उहाँले सुझाव दिनुभएको छ । खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै […]

Read more

तेक्वान्दोका ग्रयाण्डमास्टर दिवाकरले अमेरिकामा यसरी समाते अपराधी, अपराधी समातेपछिको फोटो पोज

अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड निवासी तेक्वान्दोका ग्रयाण्डमास्टर दिवाकर महर्जनले तोडफोडमा संलग्न एक व्यक्तिलाई आफैले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनले आफ्नो तेक्वान्दो स्कुलमा तोडफोड गर्ने उक्त व्यक्तिलाई आफूले कसरी समातेर प्रहरीको जिम्मा लगाएँ भन्ने विवरण फेसबुकमार्फत सार्वजनिक गरेका छन् । तेक्वान्दोका सातौं डिग्री ब्ल्याकबेल्ट तथा बरिष्ठ प्रशिक्षक दिवाकरले आफ्नो स्कुलमा तोडफोड गर्ने ३४ बर्षको […]

Read more

अमेरिकी सरकार शटडाउनमा देशनिकाला भने जारी, ४०० अध्यागमन न्यायाधिस विदामा

अमेरिकी सरकार शटडाउनका बेलामा पनि अध्यागमन अदालतहरु देशनिकाला भने जारी रहेको छ । अमेरिकी सरकार शटडाउन भएको दुईसाता वितिसक्दा अधिकांश अध्यागमन अदालतहरु बन्द रहेकाले कैयन मुद्दाहरु अनिश्चितकालका लागि स्थगित भएका छन् । अध्यागमन न्यायाधिसहरु विदामा रहेपनि झण्डै १६ हजार आइसका अधिकारीहरुले भने देशनिकालालाई जारी राख्न तत्कालका लागि वेतलवी रुपमा नै काम गरिरहेका छन् । अमेरिकी […]

Read more

सफलताको कथा : गोरखाका पिर मोम्हमद यसरी बने कतारका ठूला अत्तर व्यवसायी

यो रिपोर्ट खसोखासका लागि नेपाल सम्पादक अस्मिता खड्काले तयार पारेकी हुन् । सबै नेपाली विदेशमा मजदुरी गर्न मात्र जाँदैनन् । कैयौँ नेपालीहरु विदेशमा आफ्नो व्यावसाय गरेर विदेशीहरुलाई काम समेत दिएका छन् । ती मध्येका एक हुन, गोरखा आहाले भङ्ज्याङका पिर मोम्हमद । उनी कतारको परिचित पफ्र्यूम व्यवसायी हुन । २००६ मा उच्च शिक्षा हाँसिल गर्न […]

Read more

अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गर्ने चेतावनी दिएका छन् । संसदको सहमतिविना नै अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि मुलुकभर राष्ट्रिय संकटकाल घोषणा गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । बरिष्ठ डेमोक्र्याट नेताहरुसँगको भेटपछि ट्रम्पले यस्तो प्रतिकृया दिएका हुन् । भेटमा डेमोक्रेटिक पार्टीका नेताहरुले पर्खाल लगाउने ट्रम्पको प्रस्तावमा असहमति जनाएका थिए । […]

Read more