यस्तो छ मलेसियाका राजाले राजगद्दीसँगै त्याग्ने घोषणा गरेको दरबार

मलेशियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्। ६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्।

मलेशियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाको कुनै कारण खुलाएको छैन।मुहम्मद पाँचौँले एक जना रुसीसँग विवाह गरेको भनी उनको निजी जीवनबारे हल्लाहरू फैलिरहेकाबेला यो निर्णय भएको हो।

गत नोभेम्बरमा उनी औषधोपचारका लागि छुट्टीमा गएका थिए। त्यसपछिको महिना मस्कोमा पूर्व मिस मस्कोसँग उनको विवाहका तस्बिरहरू बाहिर आएका थिए।

मलेसियाका राजाले राजगद्दीसँगै त्याग्ने घोषणा गरेको दरवारको बाहिरी अवलोकनका लागि केही पहिलो हामी त्यहाँ पुगेका थियौं । आज म तपाईलाई दरवारको बाहिरी भागको अवलोकनका लागि मलेसियाको दरवारतिर लैजादैछु । यो दरबारमा सन् २०११ को नोभेम्बरदेखि राजा बस्न थालेका थिए । झण्डै ४ बर्ष लगाएर निर्माण गरिएको यो राजदरबार मलेसियाका राजाको अफिसियल निवास हो । यो दरवार खुलेपछि पुरानो दरवारलाई संग्राहालय बनाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *