तेक्वान्दोका ग्रयाण्डमास्टर दिवाकरले अमेरिकामा यसरी समाते अपराधी, अपराधी समातेपछिको फोटो पोज

अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड निवासी तेक्वान्दोका ग्रयाण्डमास्टर दिवाकर महर्जनले तोडफोडमा संलग्न एक व्यक्तिलाई आफैले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनले आफ्नो तेक्वान्दो स्कुलमा तोडफोड गर्ने उक्त व्यक्तिलाई आफूले कसरी समातेर प्रहरीको जिम्मा लगाएँ भन्ने विवरण फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

तेक्वान्दोका सातौं डिग्री ब्ल्याकबेल्ट तथा बरिष्ठ प्रशिक्षक दिवाकरले आफ्नो स्कुलमा तोडफोड गर्ने ३४ बर्षको उक्त व्यक्तिलाई कठालोमा समातेर तस्वीर समेत खिचेका छन् । उनले यसरी झण्डै १५ मिनेटसम्म समातेर राखेपछि प्रहरी आइपुगेको थियो ।

 

स्कुलमा तोडफोड गरेर भाग्न लागेको उक्त व्यक्तिलाई नजिकैको अर्को स्टोरमा दिवाकरले आफैले नियन्त्रणमा लिएका थिए । त्यसपछि स्टोरको मेनेजरले प्रहरीले खबर गरेपछि प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेर लगेका थिए । दिवाकर महर्जनले कसरी उक्त व्यक्तिलाई समाते र प्रहरीले कसरी नियन्त्रणमा लियो ? हेर्नुहोस् महर्जनले आफ्नो फेसबुकमा शेयर गरेका तस्वीरहरु ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *