अमेरिकी राजनीतिमा इतिहास रच्न सफल भएकोमा भण्डारीलाई बधाई

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज दिउसो १२ बजे एनापोलिसमा आयोजित सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अब उनी औपचारिक रुपमा अमेरिकाको मेरिल्याण्ड राज्यको सांसद बनेका छन् ।

आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा प्रवेश गरेका ह्याी अमेरिकामा यो स्तरमा चुनाव जित्ने पहिलो नेपाली अमेरिकन हुन् । अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका थिए ।

अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् ।उनलाई अझ अगाडिको यात्राका लागि बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *