Category: नेपाली

पाठकको हातमा ‘कम्पन’

पुस्तक ‘कम्पन’ पढ्दै गर्दा कैयन पाठकहरुले ‘कम्पन’ सहितका फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो भने कैयन पाठकले हामीलाई पठाउनुभएको थियो । हामीसँग उपलब्ध र भेटेजतिका तस्वीरहरु यहाँ प्रकाशित गरेका छौं । तपाई पनि ‘कम्पन’ पढ्दै हुनुहुन्छ भने आफ्नो कम्पनसहितको तस्वीर हामीलाई पठाउन वा ट्याग गर्न नबिर्सनुहोला ।

Read more

कम्पनको युरोप यात्रा

मे महिनाको तेश्रो साता । समर सुरु भएपनि त्यती धेरै गर्मी भने थिएन । म टिसर्टमाथि कोट लगाएर झोलाभरी भर्खरै प्रकाशित मेरो पुस्तक कम्पन बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थल पुगें । झण्डै ६ घण्टाको यात्रापछि म चढेको विमान लण्डनको गेटविक बिमानस्थलमा अवतरण त निर्धारित समय भन्दा एक घण्टा पहिलै नै गरेको थियो । तर […]

Read more

के छ कम्पनको कभरमा ?

यही सोमबार दिउसो १ बजे मेरो पुस्तक कम्पनको काठमाडौंमा लोकार्पण हुने भएको छ । अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरु र पुस्तकका केही पात्रहरुमार्फत पुस्तकको लोकार्पण तय भएको छ । कार्यक्रम दिउसो १ बजेदेखि सुरु हुनेछ भने नेपालको एबीसी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । पुस्तक कार्यक्रममा नै सार्वजनिक गरिने छ । तर पुस्तकको फाइनल कभर भने यहाँहरुसमक्ष प्रस्तुत […]

Read more

म वेवकुफ

– किशोर पन्थी अमेरिकाको न्युयोर्कमा पाइला टेकेको एकहप्ता नबित्दै हामीलाई दुईवटा सल्लाह दिइयो , एउटा अमेरिकमा रहेकी कुनै ग्रिन कार्ड होल्डरसंग विवाह गर्ने वा शरणार्थीको रुपमा ग्रिनकार्ड हात पार्नका लागि इमिग्रेशन अफिसमा नक्कली शरणार्थी बनेर आवेदन दिने । भुक्तभोगी र जान्ने सुन्ने कहलिएकाहरुबाटै यस्तो सुझाव आएको थियो । तर मलाई दुबै सुझाव मन परेन । […]

Read more