को हुन् वेवकुफ ?

-सुमन सिंह पौडेल

अमेरिकाको न्युयोर्कबाट नेपालप्रति अगाध स्नेह पोख्ने थुुप्रै नामहरु छन् । कसैले कमाएको सम्पतीको केही भाग नेपालमा सहयोग गरेर देशप्रतिको माया दर्शाउछन् । कसैले आफुसंग रहेको सुन्दर लैख्नेकलाको माध्यमबाट देशको माया सबैलाई देखाउने गर्छन् । डायस्पोराको राष्ट प्रेमले नेपालमा बसेर राष्ट्रियताको लागी ज्यान दिन खोज्ने धेरै नेपालीको सगरमाथामा पुर्याउने गरेको छ ।

म प्राय डायस्पोरालाई नियाल्ने गर्छु । यसै क्रममा मलाई पत्रकार किशोर पन्थीले लेखेको म वेवकुफ शीर्षकको लेख पढ्ने अवसर मिल्यो । जुन लेखमा पन्थीले आफ्नो जीवनमा वेवकुफी गर्दै आएको कुरा लेखेका रहेछन् । जुन वेवकुफीमा कतिपयले राष्ट्रियता र आफनो स्वाभीमान कत्लेआम नगर्ने अडान भएका पन्थीलाई मुर्ख र बेबकुफ ठान्दा रहेछन् ।

अमेरिकामा बस्नका लागि माओवादीपीडित भएको झुठा कागजात पेश गर्ने काम र ग्रीनकार्डहोल्डरसंग विवाहको नाटक गर्ने काम गरेर आत्मसम्मानको हत्या गर्नुमा कुनै सान्दर्भीकता नदेख्ने किशोर पन्थीको वेवकुफीको अर्थ हाम्रा लागि रोचक छ । र हामीलाई पनि वेवकुफी गरिरहने प्रेरणा मिलिरहेको छ ।

जहाँ पनि शाहसिक काम गर्नेहरुको स्थान सधै उच्च रहन्छ । हाम्रा समकालिन हुदाहुदै पनि नेपालको जनयुद्धताका उनले गरेको रिपोर्टिङ निकै महत्वपूर्ण थियो । र जोखिमपूर्ण पनि थियो । त्यतीबेला पन्थीजीलाई जासुसी गरेको आरोप पनि लागेका रहेछन् । तर पनि चुनौतीका बीचबाट उनले संचारकर्मीको दायीत्व पूरा गरे ।

जीवनमा केही गरौ भन्ने सोच हुनु गौरवको विषय हो । आम मान्छेमा यो सोच रहेको हुन्छ । अपेक्षाकृत रुपमा त्यस्ता सोचहरु सबै पुरा हुदैनन् । क्षमता , कृयाशीलता ,मिहिनेत र व्यक्तित्वको आधारमा त्यस्ता उदेश्यहरु निर्धारित हुन्छन् । सञ्चारकर्मी बन्ने रङ्ग चढीसकेपछि गरेको संघर्षले नै उहाको वर्तमान सुनिश्चित भएको हो । यो वर्तमानलाई टेकेर हामीलाई संसार देखाउने पन्थी जी के बेबकुफ हुन त ? अवश्य पनि होईनन् । उनलाई बेबकुफ भन्नेहरुनै बेबकुफ हुन् । तर पन्थी जी को जीवनमा उनकै शब्दमा गरीएका वेवकुफी हेर्दा उनलाई यस्ता वेवकुफी अझै गरिरहन आग्रह छ ।

अमेरिका बस्ने नेपालीहरुमा आएको विकृति , विसंगती , डायस्पोराबाट नेपाललाई सुनाउने पन्थीजी को राष्ट्रप्रेम अतुलनीय छ । सरलता संगैका खुल्ला किताब पन्थीजीको हार्दिकताले मात्र उनको प्रयत्नलाई सम्मान गर्ने मोडमा मलाई पुर्याएको भने होईन । राज्य निर्माणको सवालमा ठोस भुमीका खेल्ने युवा पंतmीमा देश भीत्र र बाहीर आएको विकृत स्थीती , पुजीको दुरुपयोगसंगै संगठीत काम कार्बाहीको स्थीतीबाट उत्पन्न जटील समस्याहरुलाई बुझने पन्थीजी को सोच विचार र कृयाशीलताका कारण सम्मान जागेको हो ।

पन्थीजीलाई वेवकुफ भन्नुमा रौजति पनि सान्दर्भिकता छैन । उनी बेबकुफ हुदै होईनन् । सांचो अर्थमा उनी कर्तव्यनिष्ठ , जिम्मेवार संचारकर्मी हुन् । उनलाई जिम्मेवार संचारकर्मी बन्नका लागि धेरै अवशर गुमाउनुपरेको यथार्थ छर्लङग छ । पक्कै पनी जीवनमा कम अवसर पाउनेहरुकालागी पन्थीजीको दैनीकी एकदम बेवकुफ लाग्छ । अवसर पाईरहेकाहरुकालागी बीनापैसाको लफङ्गा ताल पनि लाग्न सक्ला ।

मलाई शाहसिक काम गर्नेहरु एकदमै रुचीपुर्ण लाग्छन् र म ती मान्छेहरुको बारेमा भेटेजति अध्ययन गर्छु । कम्युनिष्ट बुवाको छोरो भएका कारणले पनि त्यो गुण मभित्र सरेको हुनसक्छ । म राजनीती र समाचार बुझने हुदा पन्थीजी समकालीन सञ्चारकर्मी थिए, त्यो पनि हाम्रो रुचीको सामाग्री तयार पार्ने । त्यो बेला युद्धसंग साक्षत्कार गर्नु ज्यानको जोखिम थियो । यो प्रकृयाबाट हाम्रो रुचीको सामाग्री तयार गर्नुमा उनको बृहतर शाहस रहेको छ । त्यो शाहसले हामीलाई पनि शाहस प्रदान गर्यो र कायरहरुलाई चुनौती पनि दियो । यसर्थ पन्थी जी मेरो रुचीको पात्र हुन् । उनी अमेरीकामा बसेर नेपाललाई माया गरीरहने एक देशभतm नेपाली हुन् । एउटा राष्ट प्रेमी बेबकुफ हुनैसक्दैन । आफनो कर्मप्रति बफादार मान्छे बेबकुफ बन्नै सक्दैन । आफनो कामप्रति ईमान्दार मान्छे बेबकुफ बन्न सक्दैन ।

तर संसार नै आजको सांसारिक मायाजालबाट अछुतो रहन नसकेको यो अवस्थामा मान्छेहरु विसुद्ध सामाजीक बन्न खोज्नु वा आफनो यथार्थता तर्फ फर्कन नचाहनु वा अरुकै बारेमा बढी सोच्नुमा एकखालको वेवकुफी हुनसक्छ । यो समस्याको केही अंश पन्थीजीमा पनी छ । त्यसैकारण पनि उनलाई भीडले बेबकुफ भन्ने गर्छ । भन्नेलाई भन्न दिनुपर्छ । उनलाई वेवकुफ भन्दै आफै वेवकुफ बन्नेलाई वेवकुफ बन्न दिइरहनुपर्छ । वेवकुफ भइयो भनेर गुनासो नगर्नुहोला पन्थीजी, यस्तै बेबकुफीले नै प्रत्येक पटक नया तरङ्ग ल्याउने छ । नया ईटा थप्ने छ, नया उचाई प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *